विराटनगर: प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकाहरुमा मोरंगमा ४१ छन् भने सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८ महिला र १६ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको इटहरीमा २ महिला र १३ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, इनरुवामा १ महिला र २ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, धरानमा १ महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरि, झापाको भद्रपुरमा १ महिला र ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फुङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको छ ।

प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आईसोलेसन केन्द्र बाट ८, होम आईसोलेसनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।