धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज ३ सप्तरीका ६३ बर्षीय वृद्ध रहेका छन् । उनको राती साढे १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक विराट मेडिकल कलेज विराटनगरबाट रिफर भएर असोज ८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएर रिफर भएको थियो ।

उनलाई असोज ८ गते नै प्रतिष्ठानमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई प्रतिष्ठानमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचारको क्रममा नै मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानमा मृत्यु हुने कुल संक्रमितहरुको संख्या ३४ पुगेको छ ।