विराटनगर: प्रदेश १ मा आज १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ७२ जना संक्रमित थपिएका छन् भने सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरंगको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा ३ महिला र ८ पुरुषमा कोरोना संक्रमण देखिएको छ । इटहरीमा ४ महिला र ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैग,ि झापाको विर्तामोडमा १ महिला र २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र कन्काईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ ।

प्रदेश १ मा आज १ सय १९ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ । प्रदेश १ मा आज ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।