धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आज पनि उपकुलपति कार्यालयअघि धर्ना दिएका छन् ।

आफ्ना मागहरुप्रति वेवास्ता गरेको भन्दै चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा फ्याल्टी(शिक्षक चिकित्सक)हरुले धर्ना दिएका हुन् । आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलनको क्रार्यक्रम जारी राखिने समाजका अध्यक्ष डा.विष्णु पोखरेलले बताए । उनका अनुसार बिहान साढे ८ बजेदेखि ९ बजेसम्म धर्ना चिकित्सकहरुले धर्ना बसेका थिए भने उपकुलपतिलगायत पदाधिकारीहरुको कार्यशैलीप्रति मौन धारणा समेत गरेका थिए ।

शिक्षक चिकित्सकहरुले अढाई बर्षदेखि अवरुद्ध भएको बढुवा प्रक्रियालाई अघि बढाउनुपर्ने, वृद्धि गरिएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायत महत्वपुर्ण मागहरु राखेर पटक पटक ज्ञापन पत्र बुझाएका थिए । ती मागहरुको कुनै सुनुवाई नभएपछि चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिएका हुन् । आफुहरुको आन्दोलन दबाबमुलक एवं रचनात्मक हुने महासचिव डा.सुर्यप्रसाद रिमालले बताए ।

bp-faculty1