धरान: धरानमा एक जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानका ३८ बर्षीय एक पुरुष पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको हो । धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक ईञ्जनियरलाई पनि संक्रमण पुष्टि भएको छ भने उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको छ ।
यस्तै, धरान १५ स्थित एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परिक्षणको १८ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्यको बारेमा आवश्यक जानकारी संकलन गरिरहेको मेहताले बताए । रिपोर्ट पोजेटिभ आएका १८ जनामा वीपी प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि छन् । प्रतिष्ठानका अनुसार संक्रमितमध्ये एक जना नर्स र एक डाक्टर पनि छन् । यस्तै, २ जना मेडिसिन युनिट २ का विरामीमा पनि संक्रमण देखिएको छ ।