विराटनगरः भारतीय सीमासँग जोडिएको मोरङ जिल्लामा दशैँअघि कुनै पनि हालतमा विद्यालय खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताएका छन् ।

उनले विद्यालय खुलाउन सामुदायिक र सँस्थागत सँचालक समितिबाट प्रेसर आउन थालेको बन्दै प्रशासनले जोखिमपुर्ण स्थानमा थप जोखिम निम्तयाउने कामका लागि अनुमती नदिने स्पष्ट पारे । सुनसरीका कतिपय विद्यालयहरु सँचालना रहेका छन् । शिक्षा मन्त्रालयले समेत तत्काल विद्यालय सँचालन नगर्नु भन्ने निर्देशन दिएपनि नगरस्तरिय शिक्षा समितिको निर्णयले कक्षा ९ र १० मा केहि विद्यालयले दुइ सिफ्टमा पढाइ चालु गरेका छन् ।

प्रशासनले सोध्ना ट्रायल कक्षा सँचालन गरेको भन्ने जवाफ दिएपनि उनीहरुले सानो कक्षाको समेत पढाइ शुरु गर्ने तयारी थालेका छन् । सोहि अनुसार निजि विद्यालय सँचालकहरुले विराटनगर महानगरपालिकामा दबाब सृजना गरेका छन् भने जिल्ला शिक्षा समन्वय इकाइमा समेत दबाब दिइ विद्यालय खुलाउन माग राख्न थालेको सुचना आएको प्रजिल निरौलाले बताए । ‘पछिल्लो कोभिड केस बढ्दो अवस्थामा छ । बजारको अवस्था हेर्दा यो घट्ने होइन, बढ्ने जस्तो देखिन्छ ।’ निरौला भन्छन् ‘यस्तो बेला भौतिक रुपमै उपस्थित भइर कक्षा सँचालन गर्नु घातक हुन्छ । हामी त्यसको अनुमती कदापी दिँदैनौँ ।’

निरौलाले भारतीय सीमासँग ६३ किलोमिटरको क्षेत्र मोरङसँग जोडिएको हुँदा खुल्ला सीमाले उत्तिकै जोखिम निम्त्याइरहेको बताए । शसस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति भएपनि लुकिछिपि भारत गइ फर्किने र भारतबाट नेपाल आउनेका कारण कोरोना नियन्त्रण गर्न गाह्रो भएको उनको भनाई छ ।