विराटनगरः प्रदेश १ का यातायात व्यवसायीहरुले सरकारको नियम अटेर गरेका छन् ।

सार्वजनिक सवारीमा सिट क्षमताको आधामात्र यात्रुु राख्नुपर्ने नियम भएपछि उभ्याएर समेत यात्रुु राखेका छन् भने साबिक भन्दा दोब्बर भाडा लिएको यात्रुुको गुनासो छ । वेलवारीबाट विराटनगर आएको गाडीमा यात्रा गरेका चुुडामणी अधिकारीले गाडीले सरकारको कुुनै पनि नियम नमानेको बताउँछन् । उनले सिट सँख्या अनुसार पुरा यात्रुु राखिएपनि उभ्याएर यात्रा गराइएका यात्रुसँग समेत दोब्बर भाडा लिएकोप्रति आक्रोस व्यक्त गरे । ‘यिनिहरुले त लकडाउनको बेलाको नोक्सानी एकैपटक असुल गर्न खोजेजस्तो देखियो,’अधिकारीले भने ‘सरकार कहाँ छ ? यसरी ब्रह्मलुट हुँदासमेत कसैले कहिँ सोधिखोजि गरेन ।’

clickdharan-gadi news (3)

पूर्वी नाका काकडभिट्टा देखि विराटनगर, इटहरी र धरानका लागि आवजातव हुने सवारीमा कर्मचारीहरुले सेनिटाइजरको व्यवस्था गरेको देखिँदैन भने यात्रुले मास्क लगाए नलगाएको बारे कुनै चासो राखेको पाइएको छैन । सिट क्षमताभन्दा झण्डै दोब्बर यात्रुु झुुण्ड्यार समेत यात्रा गराउँदा समेत सरकारी निकायले अहिलेसम्म नियमन गरेको नदेखिएको अर्का यात्रुु असोक राईले बताए । ‘सरकारले जारी गरेको नियम विपरित सवारी सँचलान गरिरहे पनि यात्रुुहरु दोब्बर भाडा तिरिरहेका छन् भने उनीहरु समेत खासै सजकता अपनाएको पाइएको छैन,’राइले भने ‘सवारी चालकले गाडी खालि छ भन्दै रोक्ने र सिट खाली देखेर चढ्ने यात्रुु दुुबैको दोष देखिन्छ ।’

ट्राफिक व्यवस्थापन तथा सवारी नियमको जिम्मेवारी पाएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालयले भने दैनीक ६० बढि सवारीलाई कारवाही गरिरहेको दाबी गरेको छ । कायालयका डिएसपी लक्ष्मिराज अधिकारीले नियमित अनुुगमन भइरहेको र यसका लागि प्रदेश सरकारसँगको समन्वयमा थप व्यवस्थित गर्न लागिएको जानकारी दिए । clickdharan-gadi news (1)

प्रदेश १ मा कोरोनाका जोखिम बढिरहेको छ । आइतवार मात्र हालसम्मकै बढि कोरोना सँक्रमित फेला परेका छन् भने सीमाना नाका रहेको झापा, मोरङ र सुनसरी उच्च जोखिममा रहेका छन् । यि तिनै जिल्लामा सवारी र यात्रुुको चाप उच्च छ । तर, लापर्वाहीपुुर्ण तवरले सँचालन भइरहेको सवारीले कोराना फैलाउने जोखिम बढेपनि नियमनकारी निकायको ध्यान पटक्कै गएको देखिएको छैन ।
clickdharan-gadi news (2)