धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा तथा उनका मागहरुप्रति ऐक्यवद्धता जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर र जुनियर डाक्टरहरु आन्दोलित भएका छन् ।

चिकित्सा क्षेत्रमा व्यापाक सुधारको माग गर्दै पटक पटक अनसनमा बसेका डाक्टर केसीसँग सरकारले लिखित सम्झौता गरेको थियो । उक्त सम्झौता कार्यान्वयन नभएपछि डाक्टर केसी पुनः १९ औं आमरण अनसनमा छन् । अनसन बसेको तीन साता बितिसक्दा पनि सरकारले औपचारिकरुपमा वार्ता टोली गठन नगर्दा तथा माग पुरा गर्नेतर्फ पहल नगर्दा डा.केसीको ज्यान जोखिममा छ ।

govind1

बढुवालगायत विभिन्न माग राखेर आन्दोलनरत वीपी प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले डा.केसीको जीवन रक्षाको पनि माग गरेर आन्दोलन जारी राखेका छन् । उनीहरुले उपकुलपतिको कार्यालयअघि निरन्तर प्रर्दशन गर्दै आएका छन् । यस्तै, जुनियर रेसिडेन्टहरुले पनि डा.केसीको जीवन रक्षाको माग गर्दै चरणवद्धरुपमा आन्दोलन गरिरहेका छन् ।

dr-govind