धरान: अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सडकमा उत्रिएका छन् ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको आह्वानमा वीपीका रेसिडेन्टहरु सडकमा उत्रिएका हुन् । उनीहरुले डा.केसीको माग तत्काल पुरा गर्न पनि माग गरेका छन् । डा.केसी तीन साताअघिदेखि १९ औं पटक आमरण अनसनमा रहेका छन् । डा.केसीको स्वास्थ्य अवस्थामा चिन्ताजनक हुदै गएको छ ।

jr

डा.केसीको समर्थनमा प्रतिष्ठानका जुनियर र सिनियर डाक्टरहरु नै आन्दोलनमा छन् । आज जुनियर रेसिडेन्टहरुले धरानमा वृहत र्याली निकालेका थिए । वीपी प्रतिष्ठानबाट निस्केको र्याली भानुचोक हुदै पुनः प्रतिष्ठानमा पुगेर टुंगिएको थियो । र्यालीमा डाक्टरहरुले डा.केसीको समर्थनमा नारासमेत लगाएका थिए । उनीहरुले डा.केसीको अनसन, माफियालाई टेन्सन, डा. केसीको जीवन रक्षा गरलगायत नारा लगाएका थिए ।

चिकित्सा चिकित्सा क्षेत्रमा व्यापाक सुधारका मागहरु लिएर डा.केसीले पटक पटक अनसन गरेका छन् । डाक्टर केसीसँग सरकारले विगतमा लिखित सम्झौता गरेपनि कार्यान्वयन गरेको छैन ।