सुनसरीः कोशी टप्पुु बन्यजन्तुु आरक्षणको आसपासको सिमसार क्षेत्रमा हुने पटेर र जलकुम्भि धेरैलाई काम नलाग्ने वस्तुु लाग्थ्यो । तर अहिले त्यति काम नलाग्ने सिमसार झार धेरैलाई मनग्ये पैसा कमाउने माध्यम भएको छ ।
उमेरले ७२ टेकेकी कोशी गाउँपालिका ३ की सन्झादेवी सरदारले, घरको आवश्यकता अनुसार गुन्द्री र पिर्का बनाउने गर्थिन् । तर, पानीमा हुने पटेरलाई उपयोग गरेर राम्रोसँग पैसा कमाउन सकिन्छ भन्ने थाहा पाउन उनले ७ दशक कटाउनु पर्यो ।
‘पहिले घरका लागि मात्र बनिन्थ्यो, अहिले यहि काम गर्दा पैसा पनि आउँछ भन्ने थाहा पाएर खुसी लागेको छ ।’ उने मातृ भाषामा भनिन् ।
घर नजिकै हुने पटेर, जलकुम्भि लगाएका सिमसारजन्य सामाग्रीबाट बन्ने विभिन्न आवश्यक सामाग्री बनाउन अन्य २४ महिलासँगै पुग्छिन् बृद्ध सरदार पनि । उनले दैनीक ६ सय सम्म कमाउने गरेको बताइन् ।
विभिन्न संस्थाले प्राविधिक सहयोग गरिदिएपछि दीगो आर्थिक आम्दानीको बाटो खोज्न गाउँकै अल्पसँख्यक सरदार महिला कोशी टप्पुु कार्यालयको हात्तिसार छेउको भवनमा पुुग्छन । अन्य महिलासँगै पुुग्ने इलुुदेवी चौधरील पनि आधुनिक तानमा गुन्द्रि, सुकुल बुन्न पाउँदा काम छिटो हुने र राम्रो फिनिसिङ हसनेब बताइन् ।
यसरी बुनेका सामानलाई बजार सम्म पुुयाउने काम हुन्छ भने कोशीटप्पु भ्रमणमा आउने पर्यटकको रोजाइमा समेत पर्ने गरेको अक्वा वर्ड रिसोर्टका सँचालक सुरज गिरीले बताए ।
‘त्यतिकै खेर जाने सिमसार जन्य कच्चा पदार्थलाई तयारी उपभोग्य वस्तुुको रुपमा उत्पादन शुरु गरेपछि यसको माग सिधै काठमाण्डौमा हुने गरेको छ ।’ गिरीले भने ‘मानिसको हातले बनाइएका यस्ता सामाग्रीको विदेशमा समेत उच्च माग भएपछि स्थानीय महिलाको दीगो आर्थिक स्रोतको बाटो बनेको छ भने खेर गएका कच्चा पदार्थको सदुुपयोग भएको छ ।’
कोशी टप्पु बन्यजस्तु आरक्षणमा आउने पाहुनालाई लक्षित गरि समुदाय तवरबाट तयार भएका यस्ता स्थानीय उत्पादनलाई बजारिकरण गर्न कोशी टप्पुु कार्यायले मात्र नभइ स्थानीय व्यवसायीले समेत सघाउ पुुर्याएको बताउँछन् पटेर प्रशोधन तथा बजारिकरण समितिका सँयोजक असोक साह । उनल घुम्न आउने पर्यटकले हातले बुुनेका चिटिक्कका खेलाउने, कुसन, सुकुल, पिर्का, पर्स, ब्याग आदी रुचाउने गरेको बताए भने यसलाई काठमाण्डौ सम्म पुुर्याउँदा बढि मुल्य पाउने गरेको बताए ।
स्थानीय महिलाले बुुनेका यस्ता सामाग्रीको डिस्प्लेका लागि व्यवसायी सन्देश अधिकारीले शो रुम राख्ने स्थान निशुल्क उपलब्ध गराएका छन् ।
सन् १९७६ मा स्थापना भएको कोशी टप्पुु बन्यजन्तुु आरक्षणले सुनसरी, उदयपुर र सप्तरीको १ सय ७५ वर्गकिलोमिटर भु भाग ओगटेको छ । अर्ना र चराका लागि उपयुक्त वातावरण भएको यस ठाउँको ६८ प्रतिशत घाँसेमैदानले ढाकेको छ भने यहाँ ५ सय १४ प्रकारका सिमसारजन्य घाँस पाइन्छ ।
यस्ता खेर गइरहेका सिमसार घाँसबाट उपयोगी सामाग्री बन्ने गरेका छन् भने यहाँका स्थानीय व्यवसायी र कोशीटप्पु प्रशासन मिलेर बजारिकरणका लागि सघाउ पुुर्याउँदै आएका छन् ।