विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल प्रहरीले उच्च मनोवलका साथ काम गरेर जनताको विश्वास जित्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले शुक्रबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित ६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रहरीले जनताको विश्वास जित्न सफल हुने बताए । उनले देश र जनताको सेवा र सुरक्षाको क्रममा वीरगती प्राप्त गर्ने अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका थिए । साथै, मुलुकको बदलिँदो परिस्थितिअनुुसार नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउनु पर्नेमा पनि मुख्यमन्त्री राईले जोडदिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले नेपाल प्रहरी जनताको विश्वासिलो सहयोगी र साथी बनिसकेको बताउदै अझ प्रभावकारीरुपमा अगाडी बढाउदै लैजानु पर्नेमा जोडदिएका थिए । सरकारको एकमात्र कानुन कार्यान्वयन गर्ने औपचारिक पोशाकको जिम्मेवारी पाएको भन्दै मन्त्री कार्कीले प्रहरीको कार्यको पशंसा गर्दै प्रहरी अधिकृत तथा जवानहरुलाई धन्यबाद समेत दिए ।

hikmat

प्रहरी दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका विविध कार्यक्रमहरुको आयोजना गरिएको थियो । यस्तै, विभिन्न सहयोगी व्यक्तिहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान पनि गरिएको थियो । देशभरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्वप्रहरी तथा प्रहरीका छोराछोरीहरुलाई पनि छात्रवृती स्वरुप प्रतिव्यक्ति दश हजारका दरले पुरस्कृत गरिएको थियो ।

dig-pradesh-1

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रृजना थापा कार्कीले अमर प्रहरी परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले धन्यवाद तथा शुभकामना व्यक्त गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजका दिनमा सबैको काँधमा आएको पनि बताए । उनले पूर्व प्रहरीहरुबाट भएको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि शान्ति सुरक्षा, सामाजिक बिकृति बिसंगतीलाई न्युनिकरण गर्न सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाने पनि बताए ।

अमर प्रहरी स्मारक अनावरण

poi

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । शुक्रबार बिहान एक विशेष कार्यक्रमको बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले स्मारकको अनावरण गरेका हुन् । मास्टर प्लान अनुसारको स्थानमा चार फिट उच्चाई भएको नयाँ र ब्यवस्थित अमर प्रहरी स्मारक निर्माण गरिएको हो ।