सुनसरी: इटहरीमा न्युनतम मापदण्ड पनि पुरा नगरि सञ्चालनमा आएको ४ वटा मासु पसलमा ताला लगाइएको छ ।

इटहरीमा बजार अनुगमनको क्रममा आज मापदण्ड पुरा नभएको मासु पसललाई ताला लगाएको हो । उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक एवं उपमेयर लक्ष्मी गौतम नेतृत्वमा आज बिहान बजार अनुगमन भएको थियो । विपी चोक जाने सडक छेउमा रहेका चार वटा मासुपसलमा अनुगमन टोलीले ताला लगाएको हो । गत असोज २५ गते अनुगमनका क्रममा ती पसलहरुलाई खुल्ला रुपमा मासु नवेच्न र ३ दिन भित्रमा जाली लगाउन निर्देशन सहितको पत्र दिइएको थियो ।

itri

पुन अनुगमन गर्दा पनि जाली लगाएको नपाइएपछि वाध्य भएर ताला लगाइएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भटटराईले बताए । विगत दुई बर्षदेखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिएपनि अटेर गरेको उपमेयर गौतमले जानकारी दिइन् । आज जम्मा ७ वटा मासु पसलको अनुगमन गरिएको छ । अरु चार वटा पसललाई तीन दिन भित्र सुधार गर्न पत्र दिइएको छ । पुनः अनुगमनका क्रममा सुधार गरेको नपाइए ती पसलहरुमा पनि ताला लगाउन बाध्य हुने उपमेयर गौतमले बताइन् ।