भन्सार छलेर ल्याएको कुर्ता सुरुवालसहित टेम्पो पक्राउ

  • प्रकाशित: कार्तिक २, २०७७ / 1,245 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: भारतीय बजारबाट भन्सार छलेर ल्याएको कुर्ता सुरुवालसहित एक टेम्पो पक्राउ परेको छ ।

ईनरुवा नगरपालिका वडा नं. ५ बलाह चोकस्थित इनरुवा दुहवी सडकखण्डमा प्रहरी टोलीले चेकजाँच गर्दा टेम्पोमा भत्सार छलेको कुर्ता सुरुवाल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को २ प ५९६९ नं. को टेम्पुमा प्लाष्टिकको बोरामा प्याक गरी ल्याएको लेडिज टप (कुर्ता सुरुवाल) ५५० थान वरामद भएको छ । ती कपडाको मुल्य ८२ हजार ५ सय रहेको प्रहरीले जनाएको छ । प्रहरीले वरामद भएको कपडासहित टेम्पोलाई आजै सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशीव्यारेज पठाईएको पनि जिल्ला प्रहरी
कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित