विराटनगर: प्रदेश १ मा आज ४७४ जना कोरोना संक्रमित थपिए छन् ।

थपिएका मध्ये मोरंगमा २६५ जना संक्रमित थपिएका छन् भने सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २८ जना, बेलबारीमा १९ जना, कटहरी र पथरीशनिश्चरेमा १२–१२ जना, बुढीगंगामा १० जना, रतुवामाईमा ७ जना, ग्रामथानमा ६ जना, कानेपोखरीमा ५ जना, लेटाङमा ४ जना, धनपालथानमा २ जना, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ जना र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, सुनसरीको इटहरीमा ५७ जना, इनरुवामा ९ जना, रामधुनीमा ७ जना, दुहवीमा ५ जना, धरानमा ४ जना, बर्जु र गढीमा २–२ जना, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जना र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ । झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २–२, कमल, झापा गाउँपालिका र बा¥हदशीमा १–१ जना संक्रमित छन् ।

उदयपुरको कटारी र त्रियुगामा १३–१३ जना संक्रमित भेटिएका छन् भने उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १–१ जना, इलामको इलाममा ४ जना, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १–१ जना संक्रमित थपिएका छन् । यस्तै, संखुवासभाको चैनपुर र मकालु २–२ जना, खाँदबारीमा १ जना, भोजपुरको अरुण र भोजपुरमा १–१ जना, धनकुटाको छथरमा १ जना, ते¥हथुमको लाली गुराँसमा १ जना थपिएका छन् । यसैगरि, पाँचथरको फिदिममा १ जना र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ जना र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।