धरान: धरानमा आज थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केहीबेर अघि आएको पछिल्लो पिसिआर परिक्षण रिपोर्ट अनुसार ९६ जनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार यो रिपोर्ट शुक्रबार र हिजो शनिबार एन्फा क्वारेन्टिनमा स्वाब लिएकाहरु मध्येको हो ।

शुक्रबार २५६ जनाको स्वाब संकलन भएको थियो भने हिजो शनिबार १९ जनाको स्वाब लिइएको थियो । ती मध्ये अझै केहीको परिक्षण रिपोर्ट आउन बाँकी नै रहेको पनि मेहताले जानकारी दिए । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या १ हजार ९ सय २८ पुगेको पनि मेहताले जानकारी दिए ।