धरान: धरान १५ मा रहेको सुम्निमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभाङ्श जेनेरल सेभिङ खाताबाट प्रदान गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को‌रोना भाईरसको महामारी हामीमाझ अझैसम्म रहिरहेकोले साधारणसभा गर्न नसकिएको पनि अध्यक्ष सोनाहाङ राईले जानकारी दिए । उनले साधारण सभा गर्न नसकिएकोले सहकारीका सम्पुर्ण शेयर सदस्यहरुलाई लाभाङ्श प्राप्त गर्नको लागि संस्थामा रहेको जेनेरल सेभिङ खाता खोल्न अनुरोध गरेका छन् । उक्त खाता यहि कार्तिक २८ गते भित्र खोलिसक्नुपर्ने पनि उनले बताएका छन् । सेयरधनी सदस्यहरुलाई उक्त खाताबाट नै लाभाङ्श प्रदान गरिने संस्थाले जनाएको छ ।