धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरीका ५६ बर्षीय पुरुष रहेका छन् । उनको हिजो राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार कार्तिक १ गते मृतकलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनलाई हिजो नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शव व्यवस्थापन नियम अनुसार नै भइरहेको पनि सहप्रवक्ता डा.श्रेष्ठले जनाएका छन् । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।