धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी २० का ७८ बर्षीय पुरुष रहेका छन् । उनको आज बिहान ३ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका ती विरामीलाई कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो । उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो ।