विराटनगर ः प्रदेश १ मा आज ८७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

सबैभन्दा बढी सुनसरीमा ४४९ जना संक्रमित थपिएका छन् भने मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३६५ जनामा संक्रमण देखिएको संक्रमण पुष्टि भएको छ । ती मध्ये १६५ महिला र २०० पुरुष छन् ।

सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३–३, गढी, हरिनगर र बर्जुमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको विराटनगरमा २३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४–४, उर्लाबारी र कानेपोखरीमा ३–३, लेटाङ, कटहरी र मिक्लाजुङमा २–२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बा¥हदशी र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १–१, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमण्बाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरंगका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हनेको संख्या १४४ पुगेको छ । प्रदेश १ मा आज १४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०३, होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १८४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ६८२ जनाको पीसीआर परीक्षण गरिउको छ । परीक्षण गरिएका मध्ये ३४८ महिला र ५२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।