धरान: धरानमा आज साँझ थप ३० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाबमध्ये ३० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानको वडा नं १५ मा हिजो संकलन गरिएको ६५ जनाको स्वाब परिक्षणको रिपोर्ट भने आउन बाँकी नै रहको मेहताले बताए । उनका अनुसार योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २२४३ पुगेकोछ ।