आजदेखि धरानको ३ नं. वडा कार्यालय फेरि बन्द

  • प्रकाशित: कार्तिक ५, २०७७ / 613 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: कर्मचारी र जनप्रतिनिधिको पुनः पिसिआर परिक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएपछि धरान उपमहानगरपालिका ३ नम्बर वडा कार्यालय फेरि बन्द भएको छ ।

अत्यावश्यक काम मात्र गर्ने गरि आज बुधबारदेखि वडा कार्यालय बन्द गरिएको अध्यक्ष आशाकुमार श्रेष्ठले जानकारी दिए । ‘पुनः चेक गर्दा कोरोना पोजेटिभ नै आयो, त्यसैले कार्यालय बन्द गरिएको हो,’अध्यक्ष श्रेष्ठले क्लिक धरानसँग भने,‘अत्यावश्यक कामहरु छ भने गरिदिन्छौं, नत्र कार्यालयको सेवाहरु बन्द नै हुन्छ ।’

वडा कार्यालयले जारी गरेको सुचनामा कार्तिक ५, ६, १२, १३ र १४ गते कार्यालय बन्द रहने उल्लेख गरिएको छ । यसअघि पनि जनप्रतिनिधि र कर्मचारीहरुलाई संक्रमण देखि थालेपछि उपमहानगरपालिकाले नै नगर कार्यपालिका र वडा कार्यालयहरु एक सातालाई बन्द गरेको थियो ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित