धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका ४ की ५५ बर्षीया महिला छिन् । उनको हिजो राती ९ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई उच्चरक्तचापको समस्या थियो । मृतकलाई हिजो नै अस्पताल भर्ना गरिएको थियो भने उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको पनि प्रतिष्ठानले जनाएको छ । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि सहप्रवक्ता डा.श्रेष्ठले बताए ।