धरान: आज धरान १६ का थप एक कोरोना संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज दिउँसो ४ बजे ९० बर्षीय वृद्धको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई असोज ३० गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक १ गते अस्पतालमा भर्ना गरिएको थियो । मृतकलाई विभिन्न दीर्घरोगहरु रहेको पनि प्रतिष्ठानले जनाएको छ ।