धरान: बिहे गर्न भन्दै भारततर्फ जादै गरेकी एक युवतीसहित २ जना सुनसरीको कोशी ब्यारेजबाट पक्राउ परेका छन् ।

आज बुधबार साँझ ईलामको माइ नगरपालिका ३ की १९ बर्षीया मनमाया दर्जी र सप्तरी डाक्नेश्वर १ का २८ बर्षे दिलिपकुमार सन्त पक्राउ परेका हुन् । उनीहरुलाई भारतीय सीमा सुरक्षा बल(एसएसबी) र नेपालका सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको बताइएको छ ।

मनमायाले भारतमा विवाह गर्न हिँडेको वयान दिएका छन् । पक्राउ परेका दिलिपकुमारलाई साथीकोरुपमा चिनाउदै उनले भारतसम्म पुर्याउन गएको बताएकी छिन् । तर, को सँग बिहे गर्न जान लागेको भन्ने खुलेको छैन । दुवैलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकाहरुको बिषयमा अनुसन्धान शुरु गरिनसकेको जनाएको छ ।

सुनसरी र मोरंगको सीमावर्ती क्षेत्रबाट भारतमा पुजाको लागि लैजादै गरेको युवतीहरु यसअघि पनि उद्दार गरिएको थियो । पैसाको प्रलोभन देखाएर युतवीहरुलाई पुजामा बसाउन भनेर लैजाने समुह सक्रिय रहेको छ । नेपाली युवतीहरुलाई पैसाको प्रलोभन दिएर वलि दिन भारत लैजाने गरेको पनि बताइएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन ।