धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने ५६ बर्षीया महिला हुन् । प्रतिष्ठानका अनुसार मृतक वीपी प्रतिष्ठानकै कर्मचारी हुन् । उनी गल्र्स होस्टलमा कार्यरत थिइन् । उनको आज दिउँसो १ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक उच्चरक्तचापको पनि समस्या थियो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।