धरान: नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५ सय ७२ छ । पछिल्लो २४ घण्टा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ । नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ४७ पुगेको छ ।