भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित टेम्के डाँडा पर्यटनको लागि अति सुन्दर गन्तब्य हो । त्यही टेम्के डाँडाको फेद हो, चखेवा भञ्ज्याङ/ चखेवा डाँडा ।

चखेवा भञ्ज्याङ धरानबाट मोटरसाइकलमा नै पुग्न सकिन्छ । धरानबाट भोजपुर हुदै चखेवा भञ्ज्याङ २०३ किलोमिटर दुरीमा छ । चखेवा भञ्ज्याङबाट टेम्केको टुप्पो पुग्न ८ किलोमिटर मोटरसाइकलमा पुगिन्छ । म र विशाल थेवे धरानबाट मोटरसाइकलमै टेम्के डाँडासम्म पुग्यौं । भञ्ज्याङबाट टेम्के टुप्पोमा पुग्न पैदल हिड्दा २ घण्टा लाग्छ । टेम्के डाँडा ३१०० मिटरको उचाईमा छ । त्यहाँबाट ६ वटा हिमाल र ३६ वटा जिल्ला पनि देखिन्छ ।

chakhewa5

टेम्के डाँडाको प्रमुख द्वार चखेवा डाँडा हो । भोजपुर बजारबाट ३८ कि मि पश्चिममा पर्छ । तपाईहरु एकपल्ट अवश्य यो प्रदेश नं एकको सुन्दर सानो चखेवा डाँडा घुम्नु नभुल्नु होला । स्वर्ग कस्तो हुन्छ, थाह छैन, तर चखेवा डाँडामा पाइल परेपछि यही स्वर्ग हो भन्ने अनूभुति दिलाउछ । जता हेरे पनि हुजुर पुर्ब रमाइलो । पहिले आफ्नो देश अनि मात्रा बिदेश ।

chakhewa4 chakhewa2 chakhewa7 chakhewa10 chakhewa9 chakhewa12 chakhewa8 chakhewa6 chakhewa11