धरान: लकडाउन खुले पनि कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै बेलुकी ८ बजेसम्म मात्र धरानको व्यापार व्यवसायहरु सञ्चालन गर्ने छुट प्रशासनले दिएको छ ।

प्रशासनको यो निर्णयले होटल तथा रेष्टुरेष्ट व्यवसाय मारमा परेको भन्दै व्यवसायीहरुले समय बढाउन माग गरेका छन् । होटल एशोसिएशन अफ धरानले आज बुधबार स्थानीय सरकार धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानमा ज्ञापन पत्र बुझाउदै समय बढाउन माग गरेको हो । एशोसिएशनले होटल तथा रेष्टुरेष्टहरुको व्यापार बेलुकीको समयमा बढी हुने भएकोले साढे ९ बजेसम्म सञ्चालन गर्न दिइनुपर्ने माग गरेको छ ।

hotel-ko

अहिले बेलुकी ८ बजेसम्म मात्र व्यवसाय खोल्न दिने निर्णयले व्यवसायीहरु मारमा परेकोले यस्तो माग गरिएको निवर्तमान अध्यक्ष सुवर्ण श्रेष्ठले बताए । होटल रेष्टुरेष्टहरुलाई आवश्यक स्वास्थ्य मापदण्ड कार्यविधि अवलम्बन गराई राती साढे ९ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइदिन माग गरिएको उनले बताए । एशोसिएशनका अनुसार कोरोना महामारी र लकडाउनको कारण विगत ८ महिनादेखि होटल, रेष्टुरेष्ट तथा पर्यटन व्यवसायहरु गम्भीर अवस्थामा पुगेका छन् । पछिल्लो समय लकडाउन खुकुलो हुदै गएपछि बजार, व्यवसाय तथा सवारीसाधनहरु सञ्चालनमा आए पनि प्रशासनले राती ८ बजेसम्म मात्र बजारत था व्यापार व्यवसायहरु सञ्चालन गर्न दिइरहेको छ ।

hotel-gyanan