धरान: भायानेट कम्युनिकेशन प्रालिले धरानमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

धरान १० स्थित सैनिक चौकमा आज प्रालिको २४ औं शाखाको उद्घाटन भएको छ । धरानका मेयर तिलक राईले रिबन काटेर प्रालिको शाखा उद्घाटन गरेका थिए । प्रमुख अतिथिसमेत रहेका मेयर राईले गुणस्तरीय सेवातर्फ ध्यान दिन प्रालिलाई आग्रह गरे । नीजि क्षेत्रसँग सहकार्यमा उपमहानगर सधै सकारात्मक रहेको उल्लेख गर्दै स्वास्थ्य प्रतिस्पर्धा हुनुपर्नेमा जोडदिए । कार्यक्रममा बिशेष अतिथिकोरुपमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले रहेकी थिइन् ।

प्रालिका शाखा प्रमुख सुमित श्रेष्ठका अनुसार इन्टरनेट र टेलिभिजनको प्लेटफर्मको रुपमा प्रालिले सेवा प्रवाह गर्नेछ । प्रालिले Viasecure सुविधा मार्फत कुन कुन सामग्रीमा पहुँच होस् भन्ने चाहना अनुसारको सामग्री मात्र उपलब्ध हुने सेवा पनि दिइने उनले बताए । आवश्यकता अनुसार इन्टरनेटको गतिलाई द्रुत गतिमा चलाउन सकिने उनको भनाई छ ।

vao

''आवश्यक परेमा Ultraboost सुविधा मार्फत इन्टरनेट 100Mbps सम्मको गतिमा चलाउन सकिन्छ, र आवश्यकता अनुरुप अतिरिक्त डाटा समेत खरीद गर्न सकिनेछ,''उनले भने,“अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले इन्टरनेट स्थापना गर्ने बाहेक भुक्तानी, सपोर्ट सेवाको टिकट पोष्ट गर्ने लगायतका सम्पुर्ण सेवा अनलाइनबाट नै प्रदान गर्नेछौँ ।” कार्यक्रममा वडा १० का अध्यक्ष श्रीप्रसाद सुब्बा, भायानेटका इटहरी शाखा प्रमुख सरोज कुमार दाहाल, बिराटनगर शाखा प्रमुख प्रफुल थापालगायतको उपस्थिति रहेको थियो । भायानेटका एडमिन सुरज भुजेलले स्वागत गरेका थिए ।