विराटनगर: कोरोना संक्रमितहरुको उपचारलाई लक्षित गरेर प्रदेश १ मा सरकारले ५ वेड थप्ने भएको छ ।

प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटरसहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रममा आज मन्त्री घिमिरेले यो जानकारी दिएका हुन् । प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको मन्त्री घिमिरेको भनाई थियो । उनले प्रदेश भरि ५ सय वेड विस्तार गरिने बताए । कोरोना संक्रमितलाई अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यक भएकोले सोही अनुसार सरकारले तयारी थालेको उनको भनाई छ ।

कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन पनि दिए । ते¥हथुमको आठराई र विराटनगरमा संक्रमणको अवस्था फरक भएकोले अवस्था अनुसार योजना बनाउनुपर्ने उनको भनाई थियो । अवको चुनौतिलाई सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवश्यक रहेको मन्त्री घिमिरेले बताए । उनले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो नभै स्थानीय स्तरको अवस्थाबारे पनि खोजि गर्न आवश्यक रहेको बताए । कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उनले गुनासो गरे । कार्यस्थलमा स्वास्थ्य सावधानी नअपनाएको मन्त्री घिमिरेले बताए । निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरुले ध्यान दिनुपर्नेमा पनि उनले जोडदिए । स्वीकृति दिँदा मापदण्ड अनुसार भए÷नभएको हेर्न र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्ने मन्त्री घिमिरेले बताए ।