एजेन्सी: साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३औं संस्करणको च्याम्पियन बनेको छ ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको जितेको हो । मुम्बईको यो पाँचौ उपाधि हो । मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा पनि उपाधि जितेको थियो । दिल्ली आइपिएलमा पहिलो पटक फाइनल पुगेको थियो । दिल्लीको उपाधि जित्ने सपना पुरा भएन ।

टस जितेर पहिले ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १५७ रनको लक्ष्य दिएको थियो । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । मुम्बाईका कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेल्दै दिल्लीले दिएको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।