धरान: युएईको दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुनेछ ।

फाइनलमा आइपिएलको सर्वाधिक विजेता मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुदैछ । मुम्बई आइपिएलमा ४ पटकको च्याम्पियन टोली हो । मुम्बई साविक विजेता पनि हो । दिल्ली भने पहिलो पटक फाइनल पुगेको टोली हो । फाइनल खेल आज राती नेपाली समय अनुसरा ७: ४५ मा शुरु हुनेछ ।

आइपिएलको जारी सँस्करणमा मुम्बई र दिल्लीबीच तीन पटक भेट भएको थियो । लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई हराएको थियो । तीन पटकको हारको वदला लिने मौक मात्र होइन, उपाधि जितेर इतिहास बनाउने सुनौलो अवसर पनि फाइनल खेलमा दिल्लीलाई छ ।

जारी सँस्करणमा मुम्बई र दिल्लीलाई उपाधिको दाबेदार टिमकोरुपमा लिइएको थियो । लिग चरणको खेलमा पनि यी दुवै टोली पहिलो र दोस्रो भएको थियो । यो टोली उपाधि नजिक पुगेपछि फाइनल खेल निक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ । मुम्बईको टोली रोहित शर्माको कप्तानीमा छ । दिल्लीको कप्तानी श्रेयस अय्यरले गरेका छन् ।