धरान: सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष स्वर्गीय गजेन्द्र इस्वोको धरानमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

जनता समाजवादी धरान उपमहानगर समितिको आयोजनामा केन्द्रीय सदस्य दुर्गामाया लिम्बुको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको हो । स्वर्गीय गजेन्द्र इस्बोका छोरा रबिचन्द्र इस्वो पनि उपस्थित सभामा स्वर्गीय इस्वोको संक्षिप्त जिवनीलाई नगर अध्यक्ष ताजुप लिम्बूले वाचन गरेका थिए।श्रद्धाञ्जली सभामा किरात राष्ट्रिय समिति सदस्य मानभगत चाम्लिङले आदिवासी जनजाति दलित मधेसी समुदायले एमालेमा बसेर मुक्ति नपाउने भएपछि आफुहरुले संगै पार्टी परित्याग गरेको बताए। इस्वोको मृत्युले पार्टीलाई मात्र नभए समाज सेवाको क्षेत्रमा समेत अपुरणिय क्षति भएको उनले बताए। बृटिस गोर्खामा अधिकारका लागि अझै लड्न बाँकी रहेकोले पनि अपुरणिय क्षति भएको उनको भनाई थियो ।

gajendra

लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य बिपिन इबारमले इस्वोले देखाएको बाटोमा लाग्नुपर्ने बताए। पार्टीका प्रदेश १ सदस्य बेदराज राईले स्वर्गीय इस्वोले उदाहरणीय काम गरेको स्मरण गरे। पार्टीका केन्द्रिय सदस्य जेन्टल लावतीले तेह्रथुमको खाम्लालुङ्मा जन्मेका इस्वोले बेलायतदेखि ब्रुनाईसम्म अधिकारको लागि लडेको स्मरण गरे । लावतीले देखाएको पहिचानको बाटोमा अघि बढ्नुपर्ने सबैको काँधमा आएको र टुंगोमा पुर्‍याउन अहोरात्र खट्ने प्रतिवद्धता जनाए । पार्टीका केन्द्रिय सदस्य एवं प्रमुख अतिथि दुर्गामाया लिम्बुले चाडो निधनले धेरै कुरा थाती रहेको बताइन् । शोकमा मात्र डुबेर मात्र नहुने भन्दै उनले अबको दिनमा एक भएर लाग्नुको विकल्प नभएको बताइन् ।