धरान: सदियौंदेखि जलाशय, नदी तथा तलाउमा विधिवतरुपमा सूर्यको उपासना गरेर छठ पर्व मनाउदै आइरहेको थियो । चार दिनसम्म बिशेष विधिपुर्वक मनाइने छठ पर्व नजिकिए पछि नदी, नहर तथा पोखरी सिंगारेर चिटिक्क बनाइन्थ्यो ।

तर, यसपाली भने कोडिभ १९ को महामारीले गर्दा विगतमा जस्तो जलाशय एवं नदी, पोखरीहरुमा छठको रौनक छैन । संक्रमणको जोखिमले गर्दा सरकारले घरआँगनमा नै छठ मनाउन आग्रह गर्यो भने थुप्रै जिल्लामा प्रशासनले नदी, नहर, पोखरीमा भेला हुन प्रतिबन्ध लगाउदै निषेधाज्ञा नै जारी गर्यो । त्यसैले यसपालीको छठमा नदी, पोखरी तथा नहर किनारामा उल्लास देखिएको छैन ।

xat1

आज छठको महत्वपुर्ण तेस्रो दिन हो । आज साँझ अस्ताउदो सुर्यलाई अर्घ दिइन्छ । सरकारको बिशेष आग्रह र प्रशासनले पनि रोक लगाएपछि आज अधिकांश ब्रतालुहरुले घरआँगनमा नै कृत्रिम तलाउ वा जलाशय बनाएका छन् । त्यहीबाट नै उनीहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएको देखिन्छ । यद्यपी, विराटनगरमा सुनसरी मोरंग सिचाई आयोजनाको नहरमा र खोला किनारमा पनि छठको विधिवत पूजा गरेर अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् । तर, यो संख्या विगतको तुलनामा धेरै कम रहेको छ ।

xatt

xattttxattttt

xat8 xat2xat3 xat5