मुख्यमन्त्री राईद्वारा छठ पर्वको शुभकामना व्यक्त, ‘चाडपर्वहरु बहुमुल्य साँस्कृतिक सम्पदा हुन्'

  • प्रकाशित: मंसिर ५, २०७७ / 115 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्धारा छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।

आज एक भिडियो सन्देशमार्फत मुख्यमन्त्री राईले सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना मुख्यमन्त्री राईले व्यक्त गरेका छन् । चाडपर्वहरुले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक, सुदृढ साँस्कृतिक एकता र पहिचानलाई अक्षुष्ण राख्न महत्वपुर्ण योगदान गरिरहेको पनि मुख्यमन्त्री राईले बताएका छन् ।

चाडपर्वहरु धरोहरकारुपमा रहेको भन्दै मुख्यमन्त्री राईले बहुमुल्य साँस्कृतिक सम्पदासमेत भएको उल्लेख गरेका छन् । विगत बर्षहरुमा हर्षउल्लासका साथ मनाउदै आएको चाडपर्वहरु कोरोना भाइरसको कारण अफ्ठेरो र असहज परिस्थितिमा मनाउनु परेको भन्दै उनले जो जहा छौं, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन पनि बिशेष आग्रह गरेका छन् ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित