विराटनगर: कोरोना संक्रमणबाट एक विराटनगरमा उपचाररत एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत सिरहामा कार्यरत स्वास्थ्यकर्मी ५४ बर्षीय गौरीशंकर देवको मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई नोबेलमा भर्ना गरिएको थियो । उनी सिरहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत रहेको बताइएको छ । उनलाई करिब १७ दिन अघि संक्रमण पुष्टि भएको बताइएको छ । नोबेलका प्रबन्धन नारायण दाहालका अनुसार उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो । उनको शनिबार राती मृत्यु भएको हो ।