सोलुखुम्बु: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी भएको छ ।

आगलागीबाट करिब २ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ छ । दुई तले पक्की घरमा संचालमा रहेको उक्त होटलमा आईतवार बिहान ९ बजे अचानक आगलागी भएको थियो । विद्युतको तार सर्ट भई आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भएको र करिब २ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त आगलागी ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो २ बजे नियन्त्रणमा आएको थियो ।