धरान: धरानमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १७ स्थित एक्फा एकेडेमी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब पिसिआर परीक्षण गर्दा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । हिजो संकलन गरिएको स्वाबको पिसिआर रिपोर्ट आज साँझ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ३३३० जना पुगेकोछ । हिजो आइतबार एन्फामा ५० जनाको स्वाब संकलन गरिएको थियो ।