धरान: कोरोना भाइरसको कारण गएको वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु परीक्षामा सहभागी छन् । आज बिहान ८ बजेदेखि परीक्षा शुरु भएको हो । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराइएको एसिसि धरानका संयोजक एवं युरेका माविका प्रिन्सिपल राजेन्द्र गुरुंगले जानकारी दिए । उनका अनुसार यसपाली ४० प्रतिशत अंकको परीक्षा भइरहेको हो । विद्यार्थीहरुलाई कम्तीमा दुई मिटर दुरी कायम गरेर परीक्षामा सहभागी गराइएको छ । साथै, सबैलाई अनिवार्य मास्क लगाउन भनिएको छ भने अनिवार्य सेनिटाइजर प्रयोग गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।exam