धरान: धरानमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्फा एकेडेमीमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाब परीक्षण गर्दा आज १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हिजो एन्फा एकेडेमीमा १८ जनाको स्वाब संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । पोजेटिभ आएका अन्य ८ जना भने वीपी प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिएकाहरुको हो, उनले भने । योसँगै धरानमा संक्रमण पुष्टि भएकाहरुको कुल संख्या ३३४६ पुगेको छ ।