रेडक्रसद्धारा प्रदेश सरकारलाई साढे १८ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रकाशित: मंसिर ९, २०७७ / 267 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले सामाग्री हस्तान्तरण गरेकी हुन् । रेडक्रसले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा भेन्टिेलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरि १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सवै एक ठाउँमा उभिन आवश्यक रहेको बताइन् । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको उनले बताइन् । राज्यमन्त्री गजमेरले नागरिको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रयोग गरिने गरिएको बताइन् ।

रेडक्रसकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्दत पु¥याउने काम गरिएको बताइन् । कोकाकोला र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुवोधकुमार सिंहले जानकारी दिए ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित