विराटनगर: भन्सार छलेर अवैधरुपमा भारतबाट नेपाल ल्याएर लुकाएको तरकारी प्रहरीले मोरङबाट वरामद गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका ३ नयाँ टोलका सिताराम सिंहको घर घेउमा रहेको ग्वालीमा लुकाइरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । गए रात करिब ११ बजेर ५५ मिनेटमा ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले सिंहको ग्वालीबाट अवैध तरकारी वरामद गरेको थियो ।

प्रहरीका अनुसार २१ बोरा अर्थात १ हजार ५० केजी आलु वरामद भएको छ भने ७ बोरा अर्थात ३५० केजी प्याज र ३ बोरा अर्थात १५० केजी लसुन वरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगर पठाएको जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर १३ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरु बरामद गरेको छ । हिजो साँझ साढे ५ बजे विराटनगर(१३ हनुमान मन्दिर टोल स्थित एरियाबाट ६३ हजार ६ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटीक सामान तथा खाध्यान्न सामाग्रीहरु फेला पारी बरामद गरेको हो । बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

kapada 1