धरान: धरान–१७ स्थित पट्नालीमा जारी प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा प्रवेश गरेको छ ।
आज शुक्रबार भएको अन्तिम सेमीफाइनल खेलमा धरानको ज्योति एफसिलाई १–० गोल अन्तरले हराउदै बराहक्षेत्र फाइनल प्रवेश गरेको हो । खेलमा पहिलो हाफको २६ औं मिनेटमा ज्योति फुटबल क्लबका योगेश राईले आत्मघाती गोल गरेपछि बराहक्षेत्र चतरा प्रवेश गरेको हो । च्यालेञ्ज कपको फाइनलमा अब बराहक्षेत्र र गोधुली फुटबल क्लबबीच उपाधि भिडन्त हुनेछ । धरानको गोधुली हिजो विजयी हुदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
आजको खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुटबल क्लबबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार र उपविजेताले नगद २५ हजार हात पार्नेछ । त्यस्तै प्रतियोगिताको राइजिङ प्लेयरलाई नगद १० हजारले सम्मान गरिनेछ भने विद्यागत उत्कृष्ट खेलाडीले नगद ३१ सय पुरस्कार प्राप्त गर्नेछन् ।