धरान: प्रतिद्धन्दी किशोर प्रधानलाई पराजित गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् ।

हिजो शनिबार भएको निर्वाचनमा विजयी भएसँगै ढकाल महासंघको आगामी २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । उनले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । त्यसैले वरिष्ठ उपाध्यक्ष र सो भन्दा मुनिका पदमा निर्वाचन भएको हो ।

ढकालले कुल ५४.२६ मत ल्याए भने प्रधानले ४५.७४ मत मात्र पाए । ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएका थिए । अहिले १९ औं अध्यक्षकोरुपमा शेखर गोल्छा रहेछन् । उनी पछि हाल वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा जिम्मेवारी लिनेछन् ।