धरान: घरजग्गाको कारोबार गर्न धरानका युवाहरुले टाइसन रियलस्टेट नामको कम्पनी खोलेका छन् ।

धरानमा खुलेको यो पहिलो रियलस्टेट कम्पनी हो । उक्त कम्पनीको आज आज एक समारोहबीच उद्घाटन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि एवं धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले रिबन काटेर कम्पनीको उद्घाटन गरेकी थिइन् । उपप्रमुख भण्डारीले धरानमा रियल स्टेटको कामहरु पहिलेदेखि नै भइरहे पनि अब संस्थागत रुपमा शुरुवात भएको भन्दै शुभकामना व्यक्त गरिन् । व्यक्तिगतरुपमा हुने कारोबार भन्दा संस्थागतरुपमा गर्दा व्यवस्थित र सुरक्षित हुने उपप्रमुख भण्डारीले बताइन् । धरानका युवाहरू स्वरोजगार भएकोमा खुशी व्यक्त गरिन् ।

कम्पनीले मुख्य रुपमा घरजग्गा खरिद बिक्रीको कारोबार गर्ने कम्पनीका सञ्चालकहरुले बताएका छन् । यसको साथै कम्पनीले एजेन्टहरुलाई पनि रोजगार प्रदान गर्ने कम्पनीका अध्यक्ष सोनाहाङ्ग राईले बताए । उनका अनुसार कम्पनी १२ जना युवाहरु मिलेर स्थापना गरेका हुन् । कम्पनीमा ५ करोड लगानी रहेको छ । तत्काल ५ जना कर्मचारीहरु राखिएको छ भने १७ जना एजेन्ट नियुक्त भइसकेको अध्यक्ष राईले जानकारी दिए । 'कम्प्नीमा ७० जनाले आवेदन दिनुभएको छ, हामी सय जना जति फिल्ड एजेन्ट राख्छौं,'अध्यक्ष राईले भने,'अहिले हामी धरान र इटहरी आसपासको क्षेत्रमा काम गछौं ।'

realstate1

ब्राण्ड एम्बास्डर नायिका रेगा फागो र कम्पनीका अध्यक्ष राई ।

नेपाल जस्तो देशमा रियलस्टेट कम्पनीको निकै महत्व रहेको बताउदै अध्यक्ष राईले क्रेता र बिक्रेतालाई भेट गराई राम्रो सम्झौता गराउने जिम्मा कम्पनीको रहेको धारणा राखे । 'क्रेता र बिक्रेताबीचको प्रत्यक्ष भेट नहुदा धेरै खालको समस्या हुन्छ । यसले बिक्रेता र क्रेतालाई मार पर्ने गरेको छ,'उनले भने,'यस्ता सबै प्रकारका समस्याहरूलाई न्यूनिकरण गर्दै हामी व्यावस्थित तरीकाले काम गर्छौँ ।' कोही व्यक्तिले घर जग्गा खरीद गर्न रकम नपुगेको भएमा कम्पनीको माध्यमबाट बैंकमा ऋणसम्म लिन सक्ने सुविधा रहेको पनि उनले बताए ।

कम्पनीले नायिका रेखा फागोलाई कम्पनीको ब्राण्ड एम्बासडरमा पनि नियुक्त गरेको छ । नायिका फागोले सबै मिलेर एकजुट भई कार्य गरेमा धेरैले रोजगार पाउने र कम्पनीलाई सफल बनाउन सहज हुने बताइन् । कम्पनीका सञ्चालक सदस्य प्रदिप राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेकपा धरान नगर इञ्चार्ज अइन्द्र बिक्रम बेघा, कम्पनीमा आबद्ध एजेन्ट, कम्पनीको सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको उक्त उद्घाटन समारोहमा थिए ।