धरान: प्रहरीले विराटनगरबाट भन्सार छलेर तस्करी गरि ल्याएको ३३ लाख भन्दा बढीको लत्ताकपडा वरामद गरेको छ ।

आज दिउँसो करिब १ बजे विराटनगर महानगरपालिका ७ जलजला चोक नजिकबाट अवैधरुपमा गोदाममा भण्डरण गरिराखेको तस्करीको कपडा वरादम गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले तरुण कुमार साह(रौनियार)को गोदममा छापा मारेर ठुलो परिणाममा कपडा वरामद गरेको हो ।

प्रहरीका अनुसार ३ हजार २ सय ८३ पिस सर्ट, २३ पिस जम्फर र ३५ पिस पाइन्ट वरामद भएको छ । यो सबैको मुल्य अन्दाजी ३३ लाख ४१ हजार ९ सय बराबर हुन आउने पनि मोरङ प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको सामानहरुलाई आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जनाएको छ।