धरान: धरान १६ जोरसखुवास्थित सियोन स्कुलले धरान उपमहानगरपालिकाले शुल्कबारे गरेको निर्णय विपरीत अभिभावकसँग असुल गरेको भन्दै शिक्षा महशाखामा उजुरी परेको छ ।

स्कुलले निर्णय नमान्ने भन्दै बार्षिक शुल्क बढी लिएपछि अभिभावकले धरान अभिभावक विद्यार्थी परिवारलाई गुनासो पोखेका थिए । निर्णय उल्लंघन गर्दे अत्यधिक बार्षिक शुल्क लिएको प्रमाण रसिदसहित अभिभावक परिवारका प्रतिनिधि विनोद तिम्सिनाले सियोन स्कुलविरुद्ध उपमहानगरपालिकाको शिक्षा महाशाखामा उजुरी दिएका हुन् । उनले अनलाइनमार्फत शिक्षा महाशाखामा इमेल गर्दै शुल्क सम्बन्धी निर्णय नमान्ने विद्यालयलाई कारबाही गर्न र शुल्क फिर्ता गराउन माग गरेका छन् ।

तिम्सिनाका अनुसार ती अभिभावक उनका आफन्त पर्छन् । अभिभावकले स्कुलमा शुल्क बुझाउन अघि उपमहानगरपालिकाले गरेको निर्णयबारे जानकारी गराउदा पनि त्यसरी हुदैन भन्ने जवाफ दिएको तिम्सिनाको भनाई छ । 'बार्षिक शुल्कको बिषयमा निर्णय उल्लंघन गरेको पाइएकोले मैले आज अनलाइनबाट उजुरी दिएको छुँ, अरुसँग पनि के कसो भइरहेको छ भनेर बुझ्दैछुँ,'तिम्सिनाले भने,'मेयर साबसँग कुरा हुँदा अनुगमन समिति बनाएर निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्ने कुरा भएको थियो ।'

sion4

सियोनमा कक्षा ८ र कक्षा एस केजीको बार्षिक शुल्क उपमहानगरपालिकाले निर्णय गरेभन्दा बढी लिइएको छ । कक्षा एस केजीको गत बर्षको बार्षिक शुल्क ८ हजार रहेको थियो । उपमहानगरपालिकाले निर्णय गरे वमोजिम ४० प्रतिशत बार्षिक शुल्क लिन पाउने र त्यसअनुसार ३ हजार २ सय मात्र शुल्क स्कुलले लिनुपर्ने हो । तर, सियोनले ६ हजार रुपैया लिएको तिम्सिनाले बताए । यो ७५ प्रतिशत हुनआउछ । यस्तै, सियोनमा कक्षा १० को बार्षिक शुल्क गत बर्ष १० हजार रहेको थियो । त्यसअनुसार यसपटक सियोनले ३५ प्रतिशत भन्दा बढी शुल्क लिन पाउदैन । तर, सियोनले कक्षा ८ को बार्षिक शुल्क ३ हजार ५ सय लिनुपर्नेमा ७० प्रतिशत अर्थात ७ हजार लिएको तिम्सिनाले दाबी गरेका छन् । उनले स्कुलले लिएको शुल्कको रसिद पनि शिक्षा महाशाखामा पठाएको बताएका छन् ।

sion2

शिक्षा महशाखा प्रमुख रत्न कटवाललले आफु बैठकमा इनरुवामा भएकोले उजुरीबारे हेर्न नपाएको बताए । तर, अभिभावकबाट फोन आएको भने उनले बताए । 'म बैठकमा इनरुवामा भएकोले शिक्षा महाशाखामा सम्पर्क गर्न भने,'कटवालले भने,'के भएको हो, स्कुलमा गएर हेर्नुपर्ने हुन्छ ।' 
शिक्षा महाशाखाका अधिकृत रामचन्द्र कार्कीले उजुरी निवेदन इमेल गरेको जानकारी अभिभावकबाट आएपनि इन्टरनेट राम्ररी नचलेको कारण हेर्न नपाएको बताए । उनले पनि फोनबाट निवेदन इमेल गरेको छुँ भन्ने जानकारी पाएको बताए । 'इमेल हेर्न पाएको छैन । मौखिक जानकारी भइसकेको छ,'कार्कीले भने,'निवेदन आधिकारिक हो होइन, रसिद छ छैन भन्ने बुझ्छौं । आवश्यक छानबिन गछौं ।' यसबिषयमा स्कुलका निर्देशक खड्ग बहादुर थापासँग बुझ्न सम्पर्क गर्दा फोन उठाएनन् ।