धरान: सुनसरीका सडक मानव तथा बालबालिकाहरुलाई प्रदेश १ सरकारले उद्दार गरेर सम्बन्धित संघसंस्थालाई जिम्मा लगाएको छ ।

प्रदेश १ को सडकहरुलाई सडक मानव मुक्त बनाउने अभियानअन्तर्गत प्रदेश सरकारले सडकबाट मानिसहरुलाई उद्दार गरेको हो । समाजिक विकास मन्त्रालयको संयोजनमा सहयोगापेक्षी सडक मानवहरुलाई उद्दार तथा पूर्नस्थापना अभियान अन्तर्गत आज सुनसरीका ९३ जनालाई प्रदेश सरकारले उद्दार गरेको छ । ती मध्ये धरानबाट ६३ जना र इटहरीबाट ३० जना छन् । धरान र इटहरी उपमहानगरपालिकाले ती मानिसहरुलाई प्रदेश सरकार समक्ष हस्तान्तरण गरेको थियो ।

स्थानीय सरकारले हस्तान्तरण गरेको ९३ जना सडक मानवहरुलाई सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको उपस्थितिमा मानवसेवा आश्रमलाई जिम्मा लगाईको छ । यसबाहेक थप १३ जना धरानबाट उद्दार गरिएको सडक बालबालिकाहरुलाई पनि काठमाडौको बालबालिका खोजतलास केन्द्रलाई हस्तान्रण गरिएको छ । धरानमा लांघाली वन उपभोक्ता समुहको आवास गृहमा हाल माया घर नेपाल इटहरीले सडक मानवहरुको रेखदेख गरिरहेको थियो । धरान उपमहानगरपालिकाले लकडाउनको बेला सडकबाट उद्दार गरेर त्यहाँ राखेको थियो । लामो समय उपमहानगरले नै हेर्दै आएको सडक मानवहरुलाई पछि माया घरको जिम्मा लगाएको थियो ।langhali

सडकमा आश्रित मानवरहित राजमार्ग बनाउने संघीय सरकारको नीति अनुसार प्रदेश सरकारले स्थानिय सरकार र सम्बन्धित संस्थाहरुसँग सहकार्य गरेर यो अभियान संचालन गरिएको राज्यमन्त्री गजमेरले बताइन् । उनले कतिपय मानिसहरु बेरोजगारको समस्या, कतिपय परिवारको मायाको अभावमा दुव्र्यसनमा फसेर सडकमा आउने गरेको बताइन् । ‘कतिपय मानिसहरु उपचार अभावले सडकमा आएको देखिन्छ, यस्ता आश्रितहरुलाई उचित व्यवस्थापन गर्नु सरकारको दायित्व भित्रपर्छ, र हामी गर्न तयार छौ,’राज्यमन्त्री गजमेरले भनिन्,‘यसको लागि सहकार्य गर्न निस्वार्थ भावनाले मानव आश्रमले जिम्मा लिएर महत्वपूर्ण भुमिका निर्वाह गरेकोछ,’उनले भनिन् ।

sadak-manab

धरानका मेयर तिलक राईले धरान मनकारीहरुको शहर भएकैले सडकमा आश्रितहरुको संख्या बढि भएको हुनसक्ने धारणा व्यक्त गरे । सडकमा बाध्यता वा रहरले आश्रित भएकाहरुको वर्गीकरण गरेर मानव सेवा आश्रमले सेवा प्रदान गर्न र सीपमुलक तालिम दिएर पुर्नस्थापना गर्न पनि आग्रह गरे । यसको लागि स्थानीय तहबाट पनि सहयोग गर्ने आवश्वासन दिए । ‘सडकमा समाजसेवा गर्नेे कार्यलाई निरुत्साहित गर्ने उद्धेश्यले नगरपालिकाहरु अघि बढ्नुपर्छ, सडकमा खाना खुवाउने, कपडा बाड्ने, पैसा बाड्ने जस्ता कार्य बन्द गर्नुपर्छ,’मेयर राईले भने । इटहरीकी उपमेयर लक्ष्मी गौतमले सडकमा मानसिहरु किन आउछन् भन्ने विषयमा रिचर्स गर्न आवश्यक भएको बताइन् ।