काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै मन्त्रीपरिषद विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपेर विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुको शुक्रबार साँझ नै सपथ ग्रहण भइसकेको छ । प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै, विमला विश्वकर्मालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

safat-garan

मन्त्रीमा नियुक्त रायमाझी, थापा, चौधरी, शाह र लामा प्रचण्ड निकट नेता हुन् । उनीहरुले प्रचण्डलाई छोडेर केपी ओलीलाई साथ दिएका छन् । राज्यमन्त्रीमा नियुक्त विक पनि प्रचण्ड निकट थिइन् । प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई भने मन्त्री पदबाट हटाएका छन् । संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणालगत्तै प्रचण्ड र माधव पक्षका ७ मन्त्रीहरुले राजिनामा दिएका थिए ।

कुन मन्त्रालयमा को ?

१) टोपबहादुर रायमाझी (ऊर्जा),
२) प्रभु साह (शहरी विकास),
३)  मणि थापा (खानेपानी तथा सरसफाई),
४) प्रेम आले (वन तथा वातावरण),
५) गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला),
६)  जुली महतो (महिला तथा ज्येष्ठ नागरिक),
७) गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
८) दावा लामा (युवा तथा खेलकूद),
९)  विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:

१)  हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या),
२)  कृष्णगोपाल श्रेष्ठ (शिक्षा)
३)  भानुभक्त ढकाल (संस्कृति,पर्यटन तथा नागरिक उड्ययन)
४) पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)
५) शिवमाया तुम्बाहाङफे (भूमि सुधार),
६) लीलानाथ श्रेष्ठ (न्याय,कानुन तथा संसदीय मामिला)