धरानः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् ।

कार्यसम्पादन राम्रो नभएको र मुख्यमन्त्री हटाउन चलखेल गरेको भन्दै उनलाई मुख्यमन्त्री राईले पदमुक्त गरेका हुन् । आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पुष्टि गरे । उनले भने,‘कार्यसम्पादन पनि चित्त बुझ्दो नभएको र मुख्यमन्त्रीविरुद्ध नै चलखेल भएकोले पदमुक्त गरिएको हो।’

आङ्बो पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका थिए । गृहमन्त्री रामबहादुर थापा बादल समुहका उनी पार्टी विभाजन हुँदा भने प्रचण्ड माधव समुहतिर लागेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र आफै मुख्यमन्त्री बन्ने दौडमा आङ्बो रहेको बताइएको छ ।